स्वर्णिमले पाए गोविन्द र सर्वेन्द्रको मत जोड्दाभन्दा धेरै भोट



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तनहुँ क्षेत्र नम्बर १ मा मतगणना भइरहेको छ ।

साढे १२ हजार मत गणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थशास्त्री डा स्वर्णिम वाग्लेले स्पष्ट अग्रता बनाइरहेका छन् ।

मतगणनाको सुरुवातदेखिनै अग्रता बनाइरहेका उनले अन्य दुई दलको उम्मेदवारले पाएको मतलाई जोड्दा भन्दा पनि बढी मत पाएका छन् ।

हालसम्मको गणनामा रास्वपाका वाग्लेले ७ हजार २ सय ९३ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत पाएका छन् ।

चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को मतगणना भने अझै सुरु हुन सकेको छैन ।


क्लिकमान्डु