एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवा श्री’ पदकबाट विभूषित



काठमाडौं । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् ।

संविधान दिवसको अवसरमा २०७९ असोज ३ गते घोषित उक्त विभूषणबाट नयाँ वर्षको दिन विभूषण भएका हुन् ।
वैशाख १ गते राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पदक प्रदान गरेका हुनु् ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको रुपमा रहेका अग्रवाल कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको चिनिन्छन् । उनी एनआईसी एशिया बैंकका पूर्व अध्यक्ष हुनुका साथै हाल विशाल ग्रुपको अध्यक्ष पनि हुन् ।

उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल, कमला रोलिङ मिल्स तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा लगानी गरेका छन् । उनले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनीमा लगानी गरि राज्यलाई कर मार्फत योगदान गरेका छन् भने आन्तरिक रोजगारी समेत बढाएका छन् ।


क्लिकमान्डु