नेशनल लाइफको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सको २०७९ चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।


क्लिकमान्डु