राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नहुनुमा यी हुन् महालेखाले औंल्याएको समस्या



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना करार गरेर विशेष प्राथमिकतामा राखेका २४ वटा आयोजनाको प्रगति अवस्था सन्तोषजनक देखिएको छैन ।

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आवधिक योजनाले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता गर्ने, कार्यान्वयन सघन अनुगमन गर्ने उल्लेख गरे पनि उक्त आयोजनाहरुको प्रगति अवस्था सन्तोषजनक नरहेको उल्लेख गरिएको छ ।

हाल देशमा २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु रहेका छन् । जसमध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको छ । तर, यी आयोजनाहरुमध्ये माथिल्लो तामाकोशी आयोजनाबाहेक अन्य आयोजनाहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । त्यस्तै, कार्यान्वयनमा रहेकामध्ये ८ वटा आयोजनाहरुको भौतिक प्रगति पनि ३० प्रतिशतभन्दा कम रहेको छ ।

महालेखा परिक्षकको कार्यालयले आयोजना निर्माण गर्दा विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद हुनु, युटिलिटी सर्भिस स्थानान्तरणमा अन्तर निकाय समन्वय नहुनु, सीमांकन रेखांकन विवाद, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत , निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्यांकनलगायतका समस्याहरुले गर्दा आयोजनाको निर्माणको समय र लागत दुवै बृद्धि भएको महालेखाले जनाएको छ ।

आव २०७८/७९ सम्मको खर्च र प्रगति


क्लिकमान्डु