२ करोड माग्ने श्रेष्ठलाई रास्वपाले गर्‍यो कारबाही, सांसदसँगै खुस्कियो पार्टीको साधारण सदस्यता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले कारबाही गरेको छ ।

बुधबार बसेको पार्टीको बैठकले श्रेष्ठलाई पार्टीमा साधारण सदस्यसम्म नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो । पार्टीको साधारण सदयसमेत नहुने भएसँगै श्रेष्ठको सांसद पनि पनि जाने भएको छ ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि २ करोड मागेको अडियो सार्वजनिक भएको थियो । आइतबार प्रसाईं र श्रेष्ठबीच श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागिको र त्यसका लागि पार्टीको कोर टिमलाई २ करोड तिर्नुपर्ने भन्दै प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएको थियो ।

अडियो सार्वजनिक भएसँगै पार्टीले श्रेष्ठलाई दोषी मान्दै कारबाही गरेको छ ।


क्लिकमान्डु