सरकार वास्तविक मिटरब्याजी: ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैं भएको आरोप लगाएका छन् ।

प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथिल्लो कर्णालीका निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको भन्दै तत्काल त्यसको निकासा गर्न माग गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ताभित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन अवरुद्ध पार्ने चेतावनी दिए ।

‘सरकार भन्छ–मिटरब्याजीको समस्या समाधान भयो । हिजो मात्रैको घटना हो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भनेर बास्तविक मिटरब्याजी यो सरकार हो’ उनले भने,’ सरकारले अहिले २ खर्ब ११ अर्व रुपैयाँ फिक्स डिपोजिट गरेको छ । निर्माण व्यवसायी वा अन्यलाई रकम नदिएर ३ खर्व ६२ अर्व ७७ करोड रुपैयाँ सरकारी खातामा राखेर आज ब्याज खाइरहेको छ ।’


क्लिकमान्डु