उद्योगी व्यवसायीको चुनाव: पानी बाँड्दै, भोट माग्दै !



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा मतदान जारी रहँदा उम्मेदवार, मतदाताको चहलपहल रहेको छ ।

भीडभाड र होहल्ला भएपछि १० बजेबाट सुरु भएको मतदान करिब १ सय मत खसेपछि रोकिएको थियो । करिब १ घण्टा रोकिएपछि पुन: मतदान सुरु भएको छ ।

निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जना प्रतिस्पर्धामा छन् । उम्मेदवार मत माग्न व्यस्त छन् भने मतदाता लाइनमा रहेका छन् ।

मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानर टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निषेध गरिए पनि उम्मेदवारहरुले प्रचारका विभिन्न शैली अपनाएका देख्न सकिन्छ ।

आफूलाई मत माग्नका लागि केही उद्योगी व्यवसायी उम्मेदवारहरुले पानीको बोतलको प्रयोग गरेका छन् । पानीको बोतलमा आफ्नो प्रचारका लागि लेबलिङ गराएर उनीहरुले वितरण गरिरहेको देख्न सकिन्छ । भने केहीले छाताको वरिपरि उम्मेदवारको प्रचार सामग्री राखेर प्रचारप्रसार गरिरहेका छन् ।


क्लिकमान्डु