सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु