अवसर दिनुहोस्, हामी मुलुकलाई समुन्नति दिन्छौं : गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अवसर पाए मुलुकलाई समुन्नति दिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

“हाम्रो सहकार्य र सर्वसाधारणको समुन्नतिका लागि होस्” उनले भने “तपाईं हामीलाई दिनुहोस्, हामी यो मुलुकमा समुन्नति दिन्छौं । महामारिपछि अर्थतन्त्र जोगाउन कठिन भएको भन्दै उनले २ प्रतिशतले ऋणात्मक रहेको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुनसक्ने अवस्थामा पुगेको बताए । तर त्यसलाई दिगो बनाउन नसकिएको उनले बताए ।

अध्यक्ष गोल्छाले अहिले आर्थिक गतिविधि डेढ बर्ष अघिको तुलनामा आधा घटेको भन्दै उनले उत्पादन लागत बढेको र,मूल्य वृद्धि बढ्दा सर्वसाधारणको क्रयशक्ति घटेको बताए ।

उनले उद्योग व्यबसाय नचले बैंक पनि चल्न नसक्ने भन्दै ब्याजदर घटनुपर्ने बताए । उनले उद्योगि व्यासायिलाई सस्तो दरमा बिजुलि दिन आग्रह गरे ।

गोल्छाले महासंघको कोष करिब ६० प्रतिशतले बृद्धि भएको बताए । महासंघको सचिवालयमा एकिकृत सफ्टवेयर जडान गरेपश्चात करिब ६० प्रतिशतको बृद्धि आएको उनले बताए ।
‘नीजि क्षेत्रको आँट भरोसाको दरिलो संस्था बनाउन पनि सचिवालयको सुधारमा पनि हामीले विशेष ध्यान दिएका छौं’, गोल्छाले भने, ‘सचिवालयमा एकिकृत सफ्टवेयर जडान भई पारदर्शि रुपमा काम सुरु भइसकेको छ । यस अवधिमा महासंघको कोष करिब ६० प्रतिशतले बृद्धि भएको छ ।’

पारदर्शिता र सुशासनलाई केन्द्रमा राखि गरिएको सुधारले महासंघलाई २१ औं शताब्दीको सुहाउँदो नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था बनाउनेमा आफूलाई विश्वास भएको गोल्छाले बताएका छन् ।

त्यस्तै, आफूले महासंघको नेतृत्व लिएर कार्यबहार सम्हाल्दा गरेको विधान संशोधनको बाचामा पनि काम भएको उनले बताए । उनले यसका लागि मस्यौता तयार भएको र नयाँ नेतृत्वले यसलाई अघि बढाउने बताए । उनले भने, ‘महासंघको थप सुदृढिकरणको लागि विधान संशोधनको मस्यौदा तयार भइसकेको छ । मैले कार्यबहार सम्हाल्दा विधान संशोधनको बाचा गरेको थिए। मस्यौदा तयार छ । म यो नयाँ नेतृत्वलाई यो हस्तान्तरण गर्नेछु । उहाँहरुले यसलाई अघि बढाउनु हुनेछ । महासंघको संस्थागत विकास र सुदृढिकरणका लागि यो आवश्यक छ ।’

सँगै गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना लागि मन्दिर भएको र सधैं मन्दिरका रुपमा पनि रहने बताएका छन् ।


क्लिकमान्डु