गभर्नर अधिकारीको पहिलो ‘फिजिकल’ पत्रकार सम्मेलन, देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अर्थतन्त्र संकटमा पर्दै गएको, बैंकहरुको उच्च ब्याज दर, आयातमा वृद्धि र निर्यातमा कमी लगायतका समस्यालाई लिएर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन अपराह्न साढे १ बजे आयोजना हुने छ ।

देशको वर्तमान आर्थिक अवस्थाबारे राष्ट्र बैंकले मासिकरुपमा नियमित प्रकाशन गर्दै आएको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ ।

अधिकारी गभर्नर नियुक्त भएपछि पहिलो पटक भौतिक रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै आए पनि अधिकारी यसअघि प्रत्यक्षरुपमा पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन् ।


क्लिकमान्डु