७ मध्ये २ वटा लघुबीमाले पाए लाइसेन्स



काठमाडौं । नेपाल बीमा प्राधिकरणले २ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ ।

प्राधिकरणको आइतबार बसको सञ्चालक समितिको बैठकले ७ मध्ये पुँजी जुटाएका गार्डीयन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरन्सले लघु जीवन बीमा व्यवसाय र नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमाको व्यवसाय गर्नेछ ।

प्राधिकरणले मंसिर ११ गते सात वटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । यी कम्पनीहरुलाई प्राधिकरणले मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणकाअनुसार ४ वटा कम्पनीहरुले मात्रै पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका छन् ।

प्राधिकरणकाअनुसार स्टार माईक्रो इन्स्योरेन्स, ट्रष्ट माईक्रो इन्स्योरेन्स र लिवर्टी माईक्रो इन्स्योरेन्सले प्राधिकरणले पहिलो पटक तोकेको समयमा पुँजी जुटाउन सकेका छैनन् । यी कम्पनीहरुलाई प्राधिकरणले पुँजी जुटाउन ४५ दिनको समय थप गरिदिएको छ ।


क्लिकमान्डु