बजेट महाशाखा प्रमुखमा खत्री, ४ सहसचिवले अझै पाएनन् जिम्मेवारी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी परिवर्तन गरेका छन् ।
महतले बिहीबार सरुवा गरेर मन्त्रालयमा ल्याइएका उत्तरकुमार खत्रीलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएका छन् । उक्त महाशाखा प्रमुख रहेका धनीराम शर्मालाई जिम्मेवारीविहीन बनाइएको छ ।
बिहीबार सरुवा भएर मन्त्रालयमा आएका भुपाल बराल र बाबुराम सुवेदीलाई पनि मन्त्री महतले कुनै जिम्मेवारी दिन सकेका छैनन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुँदा नै मन्त्रालयमा सरुवा भएर आएका जनक शर्माले पनि अहिलेसम्म कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।
मन्त्रालयमा कसलाई ल्याउने र कसलाई बाहिर पठाउने भन्ने विषयमा टुंगो नलाग्दा सहसचिवहरुलाई जिम्मेवारी दिन नसकिएको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् ।