सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छः अर्थमन्त्री



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा‍ प्रकाशशरण महतसँग भेट गरेका छन् ।

भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्याको जानकारी गराएका छन् ।

एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राखेका थिए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा‍. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको बताए ।

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, ‘सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’

लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिलाए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए ।


क्लिकमान्डु