सरकारको साझा न्यूनतम कार्यक्रम: अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने



काठमाडौं । आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

गठबन्धन दलहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायीक क्षेत्रमा आएको ह्रास लगानी जोखिम वित्तीय क्षेत्रमा तरलता संकुचन लगायतलाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

‘अर्थतन्त्रमा देखा परेको मन्दी, औद्योगिक उत्पादन तथा व्यवसायीक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन तथा पुँजी बजारमा आएको गिरावट लगायतका समस्यालाई आर्थिक वित्तीय र मौद्रिक नीतिको सामान्जस्य पूर्ण ढंगले कार्यान्वयन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने’ सरकारको न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।

बजेट प्रणालीलाई नीतिगत, कार्यगत र प्रणालीगत रुपमा पुनर्संरचना गर्ने कार्यक्रमलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिजस्ता महत्वपूर्ण स्रोत साधनहरुको उच्चतम सदुपयोग गरी मुलुकलाई तिव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनका लागि पुँजी निर्माण तथा परिचालन नयाँ प्रविधिको उपयोग, उत्पादक शक्तिक्षको क्षमता विकास र पूर्वाधरमा लगानी गरि उत्पादकत्व वृद्धि गरि समन्यायीक वितरणमा आधारित निती अवलम्बन गर्ने नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।

सरकारले मौलिक उत्पादनको अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने भएको छ ।


क्लिकमान्डु