सरकारले करमा लाग्ने जरिवाना मिनाहा गर्ने, बाँकी बक्यौता किस्ताबन्दीमा तिर्न सकिने
काठमाडौं । सरकारले विगतदेखि कर तिर्न नसकेको उद्योग व्यवसायलाई सरकारले करमा लगाएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सूविधा दिने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।उनले कर प्रणालीलाई प्रगतिशिल र व्यवसायी मैत्री बनाउने बताइन् ।
सरकारले राजस्वका दायरा बढाउन अनौपचारीक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा ल्याउने सरकारको नीति रहेको छ । यस्तै विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन विज्ञापन दाताले सञ्चार गृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था गर्ने भएको छ ।
यस्तै सामाजिक सञ्जाल मार्फत गर्ने विज्ञापन करको दायरामा ल्याउने भएको छ ।