विगतमा बुझाएको आय विवरण र कर मिमम्याच भएकालाई चैत मशान्तसम्म छुट

301
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले विगतमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताहरुलाई चैत मशान्तसम्म छुट दिने भएको छ ।

विभागले एक सूचना जारी गर्दै विगतका आय वर्षहरुमा बुझाएको आय विवरण तथा दाखिला गरेको कर मिसम्याच भएका करदातालाई चैत मशान्तसम्मलाई छुट दिने बताएको हो ।

आर्थिक वर्ष २०७७/०७८ सम्म कारोबार घोषणा गर्दा वास्तविक विवरणमा फरक परेको भएमा यहि चैतभित्र हरेक आवको वास्तविक कारोबार विवरण घोषणा गरेर फरक परेको आय विवरणमा १.५ प्रतिशत मात्र कर बुझाएमा घोषणा गरेकै कर अन्तिम हुने विभागले जनाएको छ । आर्थिक ऐन २०७९ को आधारमा विभागले यो छुट दिएको हो ।

यो सुविधा आव २०७७/०७८ सम्मको मिसम्याच रकमको खरिद बिक्रीमा कर निर्धारण भई बक्यौता रहेको तथा मुद्दामा गएको अवस्थामा समेत प्राप्त गर्न सकिने विभागले जनाएको छ ।