रिगो र भक्सक्रोबीच कल सेन्टर व्यवस्थापनका लागि सहकार्य



काठमाडौं । आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर व्यवस्थापनका लागि सहकार्य भएको छ । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सम्झौता गरिएको भक्सक्रोले जनाएको छ ।

सम्झौताअनुसार रिगोले कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ । आइएमई ग्रुपअन्तर्गत सञ्चालति रिगो नेपालको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी)का लागि काम गर्दै आइरहेको कम्पनी हो ।

भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यावसायिक तथा अन्य संस्थाले अपनाइसकेका छन् । फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डुलगायतका संस्थाले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन् ।

कम्पनीका अनुसार दिनमा सय वा सोभन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता अन्य कम्पनीलाई सुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । सेटअपपछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु