सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ९० रुपेयाँ कायम भएको छ ।


क्लिकमान्डु