घरभाडा नतिरि भाग्यो सुनौलो दियालो बचत तथा ऋण सहकारी, खोज्दै महानगरपालिका



काठमाडौं । सुनौलो दियालो बचन तथा ऋण सहकारी संस्थाले गत असारदेखि बहाल रकम नतिरेको भन्दै महानगरले सूचना निकालेको छ ।

महानगरले १५ दिनभित्रमा काठमाडौं महानगरपालिका-२६ मा उपस्थित हुन भन्दै सहकारीको नाममा सूचना निकालेको हो । काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै इन्द्रचोकमा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थाले २०७९ असार महिनादेखि बहाललगायतका रकम (बिल अनुसारको रकम) नतिरी सम्पर्कमा आउन छाडेको जनाएको छ ।

उक्त संस्थाले गोंगबु बसपार्क भित्र रहेको होमल्याण्ड इन्भेष्टमेन्ट प्रा.लिले सञ्चालन गरिरहेको कान्तिपुर महलस्थिल कवल नम्बर ३०१ र ३०२ को बहाल रकम नतिरेको सूचनामा उल्लेख छ ।

पटक-पटक मौखित तथा लिखित रुपमा बहाल बुझाएर पसल कवल खाली गरिदिन भन्दा पनि सहाकारीले वेवस्ता गरेपछि होमल्याण्ड इन्भेष्टमेष्ट प्रालिले महानगरमा उजुरी दिएको जनाएको छ । महानगरले सोमबार सूचना जारी गर्दै उक्त सहकारीलाई १५ दिनभित्र सम्पर्कमा आउन भनेको छ ।


क्लिकमान्डु