तपाईंहरु ढुक्कले लगानी गर्नुस्, अर्थतन्त्र सुधार हुन्छ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लगानीकर्ताको मनोबल बढाउने गरि काम गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआए) को प्रतिनिधीसँगको भेटमा मन्त्री महतले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने गरि काम गर्ने बताए ।

‘तपाईंहरु ढुक्कले लगानी गर्नस्, अर्थतन्त्र सुधार गर्ने मैलै अधिक्तम प्रयास गर्नेछु ’ मन्त्री महतले भने,‘ म एक्लैले केही गर्ने होइन्, तपाईंहरु सबैसँगको सहकार्यमा अहिले देखिएका समस्या समाधान गर्ने गरि सरकारले निर्णय गर्छ । त्यसका लागि हामी राष्ट्र बैंकसँग पनि छलफल गर्नेछौं । ’

मन्त्री महतलाई बधाई दिन पुगेका परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ब्याजदर घटाउने र तरलता सहज हुनु पर्ने माग गरेका थिए ।

सरकारले पुँजी गत खर्च बढाएर बजारमा देखिएको तरलता समस्या सम्बोधन गर्नु पर्ने अग्रवालको माग थियो । भेटमा सीएनआईको तर्फबाट बरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल सहितका पदाधिकारी सहभागी थिए ।


क्लिकमान्डु