कामना सेवा विकास बैंकको लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.४१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।