सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले गत आवको नाफाबाट ८.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा उज्जवल सत्याल संस्थापक समूह, सुशिल काजी बानियाँ संस्थापक समूह, गंगा सागर ढकाल सर्वसधारण समूह, लिसा शेरचन सर्वसाधारण समूह सुजन सिद्धि बज्राचार्य संस्थापक समूह र सर्वसाधारण समूह तर्फ नरेश ढुंङगाना निर्वाचित भएका छन् ।
बैंकले. हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।