मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले भेट्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिवद्धता सरकारबाट आएसँगै शनिवार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताए ।

उनले सरकारसँगको छलफल पनि सकारात्मक रुपमा रहेको बताए । उनले आफूले देशकै गम्भीर समस्या उठाएकाले यसमा सबैको साथ रहनुपर्ने बताए ।

‘पूरा सहमति त भएन, आज पनि हाम्रो १० बुँदे माग थियो, त्यही मागमाथि गम्भीर रुपले छलफल भयो, सकारात्म कुरा आएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने कुरा भएको छ । भोलि ११ बजे बस्नेगरी रोकिएको छ’ उनले भने ।

प्रधानमन्त्री अनामनगरको तमोबुद्ध गुम्बामा बेलुकासम्म आउने जानकारी आएकव उनले बताए ।


क्लिकमान्डु