सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु