तनहुँ-१ मा रास्वपाबाट स्वर्णिमसहित ३ जना सिफारिस, बारा-२ मा रमेश खरेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

रास्वपाले विज्ञप्ति जारी गर्दै चितवन-२, तनहुँ-१ र बारा-२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

चितवन २ बाट सयअघि मंसिर ४ मा निर्वाचित पार्टी सभापति रवि लामिछानेको एकल नाम सिफारिस भएको छ ।

त्यस्तै तनहु १ बाट हिजो कांग्रेस छाडेको घोषणा गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे रहेका छन् ।

त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस भएको छ ।
पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं-१ बाट उठेका थिए । तर उनी पराजित भए ।

रास्वपाले प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय तोकेको छ ।

प्रारम्भिक नामावलीमा रहेकाहरुले पार्टीको प्रारम्भिक निर्वाचनमा भाग लिनु पर्ने रास्वपाको विधानमा व्यवस्था गरिएको छ ।


क्लिकमान्डु