युट्युव, फेसबुक, टिकटकसँग टेलिभिजन हच्किनु पर्दैन



बुटवल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरुनै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको बताए ।

बुधबार बुटवलमा आयोजित लुम्विनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा ओलीले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्क गरे ।
अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिए ।

विश्वमा सञ्चारका नयाँ नयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरु अत्यन्तै विकास भइरहेका छन । टेलिभिजनहरु एउटा कुरासँग अलि हच्किएको देख्छु–यूटुवसँग, के सँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरुले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो । अर्गानाइज वे मा चलेको हुँदैन’ ओलीले भने ।


क्लिकमान्डु