बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुन-चाँदीको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु