ताप्लेजुङमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजना बन्ने



फाइल तस्बिर

काठमाडौं । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सपुर तमोर जलविद्युत आयोजना बन्ने भएको छ ।

विद्युत विकास विभागले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सुपर तमोर जलविद्यूत आयोजना बनाउनका लागि अनुमति पत्र माग्दै दरखास्त भएको जानकारी दिएको हो ।

यो आयोजना फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा बग्ने तमोर नदीमा बन्नेछ । सुपर तमोर जलविद्युत आयोजना १६६ मेगावाटको हुने सूचनामा उल्लेख गरिएको छ । क्रिस्टल पावर डेभलपमेन्ट प्रा.लि.ले यो आयोजना निर्माणका लागि दरखास्त दिएको छ ।

यो आयोजना नदी प्रहावमा आधारित हुनेछ । जडित क्षमता १६६ मेगावाट रहने यो आयोजनाको डिजाइन वहाव २५.५ घनमिटर प्रतिसेकेण्ड र कूल हेड ७६९ मि. रहेको छ । आयोजनाबाट वार्षिक सरदर ९८४.१३ गिगावाट घण्टा विद्युत यो आयोजनाबाट उत्पादन हुने सूचनामा जनाइएको छ ।

आयोजनालाई विसं २०८५ वैशाख १३ मा विद्युत उत्पादन हुने गरि सम्पन्न गर्ने प्रस्ताव गरिएको विद्युत विकास विभागले जनाएको छ ।


क्लिकमान्डु