मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन कानुन संशोधन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मिटरब्याजलाई कानुनी दायरामा ल्याउन कानुन संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बर्दिबासबाट पैदल आएका पीडितहरूले काठमाडौंमा प्रदर्शन गरिरहँदा सरकारले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो ।


क्लिकमान्डु