आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहाको पहल गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाउनेहरुलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा बिरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन ! प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो ! सम्माननिय प्रधानमन्त्रीज्यु ! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न / गराउन अविलम्ब पहलको माग गर्दछु !’

केही दिन अघि प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन युवाले उनीविरुद्ध नाराबाजी गरेका थिए भने बैंकको ब्याजदर घटाउन माग गरेका थिए ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुको मुख थुनेको थियो । जसको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । धरौटी नबुझाएपछि उनीलाई थुनामा पठाइएको छ ।


क्लिकमान्डु