सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुन-चाँदीको मूल्य घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु