आगामी वर्षदेखि नेपाली रेल कम्पनीबाटै जयनगर–जनकपुर रेल सञ्चालन गरिने



काठमाडौं । जयनगर–जनकपुर रेललाई आगामी वर्ष (सन २०२४)देखि नेपाली दक्ष कामदारबाट नै सञ्चालन गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले सन् २०२४ को जनवरीदेखि नेपाली दक्ष कामदारबाट नै नेपाल रेल कम्पनीबाटै सञ्चालन गर्ने गरि सञ्चालन र मर्मन (ओएण्डएम)को मस्यौता तयार भएको बताएका हुन् ।

गत वर्ष फाल्गुन १ गतेबाट सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल हाल भारतीय कम्पनीबाट ठेक्कामा सञ्चालनमा रहेको छ । नेपाल र भारत सरकारबीच जिटुजिमार्फत दुई पक्षिय सम्झौता पश्चात भारतको रेल कम्पनी केआरसिएलले यो रेललाई सञ्चालन गरिरहेको छ ।

आगामी वर्ष (सन् २०२२)बाट भने सरकारले रेललाई नेपाली दक्ष कामदारहरुबाट नै नेपाल रेल कम्पनीमार्फत सञ्चालन गर्ने तयारी रहेको श्रेष्ठले जनाएका छन् । यसका लागि आवश्यक मस्यौता पनि तयार भएको उनले सोमबार बताएका छन् ।


क्लिकमान्डु