पशुपंक्षी सम्बन्धी गुरु योजना संघीयता अनुसार बनाउनुपर्छः शर्मा



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

आइतबार कृषि मन्त्रालयले सुरु गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रममा गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका हुन् ।

मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरुका धेरै जिम्मेवारीहरु प्रदेश,स्थानीय तहको मातहतमा गएको उनले बताए ।

सचिव डा.शर्माले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको बताए । उनले त्यसमा कानूनी रुपमा भए/नभएको हेर्न अधिकार संघलाई रहेको पनि बताए ।

नेपाल पशुधन गुरु योजना बनाउँदा अन्य मुलुकको नक्कल गर्ने भन्दापनि वास्तविकतामा आधारित भएर बन्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु