सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु