सानिमा रिलायन्स लाइफको नयाँ सञ्चालक समिति चयन



काठमाडौं । तत्कालिन सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा तारा चन्द केडिया चयन भएका छन् ।

चैत ९ गते बसेको सञ्चालक समितिको पहिलो बैठकले केडियालाई अध्यक्षमा चयन गरेको हो । यस्तै सञ्चालकमा धनश्याम थापा, भरत कुमार तोदी, डा सुवर्ण दास श्रेष्ठ, परिक्षीत खेम्का र केशव राज केसी चयन भएका छन् ।

यस्तै स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी चयन भएका छन् । कम्पनीले प्रिती श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।


क्लिकमान्डु