सार्वजनिक स्थानमा फोहोर फालेपछि महानगरले दुई जनालाई तिरायो १२ हजार



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडाका सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो । महानगरले मण्डललाई २ हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना तिराएको हो भने मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेपछि २ हजार तिरेका छन् ।

महानगरले पछिल्लो समय दैनिक अनधिकृत सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।


क्लिकमान्डु