पुरुषलाई महिला भनेर उडान भर्ने निगमका पाइलटसहितका कर्मचारी निलम्बित



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका केही कर्मचारीलाई निलम्बन गरेको छ ।

सोमबार ताप्लेजुङ-काठमाडौं उडानका क्रममा निगमको विमानमा ४८ किलो अतिरिक्त सामान बोकेको र एक पुरुष यात्रुलाई महिला भनी झुटो रेकर्ड गराएको आरोपमा उनीहरूलाई निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निगमका चालक दल, उडान डिस्प्याचर र ताप्लेजुङ विमानस्थलका ग्राउन्ड स्टाफलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ ।


क्लिकमान्डु