हाईलाईफले ल्यायो उपहारै उपहार, बाइक, स्कुटर जित्ने सुवर्ण अवसर



काठमाडौं । व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ पहिलो रोजाइ बन्न सफल हाईलाईफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाईलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ । जसमा हाईलाईफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटप देखि हात खाली नजाने उपहार जित्न सक्नेछन् ।

हाईलाईफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरुप २ जना ग्राहकले १५० सिसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन् । दोस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले होण्डा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन् । साथै चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ लिटरको सामसुङ ब्राण्डको फ्रिज र पाँचौ उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाईलाईफको सामनहरु प्राप्त गर्ने सक्ने छन् ।

योजना अन्तर्गत हाईलाईफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा ९एक केजीमा ३ वटा लक्की ड्र कुपन पाउनेछन् । साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद रु ५०० प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ फागुन १५ गतेदेखि २०८० असार १५ गतेसम्म लागू हुनेछ । योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाईलाईफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ । यो योजना तोकिएको मितिपछि लागू हुने छैन । लक्की ड्रको नतिजा २०८० साउन २० गते शनिबार हाईलाईफ फुड्सको आधिकारिक फेसबुक पेज @hilifefoodsnepal मा प्रत्यक्षरुपमा खोलिनुका साथै विजेताको नाम घोषणा गरिनेछ ।

हाईलाईफ ब्राण्ड अन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्तामाझ लोकप्रिय छन् । साथै हाईलाइफ़ चीजबल्स तथा बिभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाडै बजारमा आउँदैछ ।


क्लिकमान्डु