उद्योग तथा आयोजनालाई स्वः अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन



काठमाडौं । वातावरण विभागले उद्योग, प्रतिष्ठान तथा आयोजनाको स्वः अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले सूचना जारी गर्दै कानुनी व्यवस्था बमोजिम कतिपय उद्योग प्रतिष्ठान तथा आयोजनाहरुले स्वः अनुगमनको काम नै नगरेको पाइएको बताउँदै त्यसो गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

विभागले सरकारले लागू गरेको वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्ने तथा वातावरण संरक्षण नियमावली, २०७७ काअनुसार स्वःअनुगमन प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

विभागले वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४५ मा प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महिनामा स्वःअनुगमन गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा बुझाउनुपर्ने भएकाले त्यसो गर्न निर्देशन दिएको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै विभागले देशभरमा रहेका सम्पूर्ण उद्योग, प्रतिष्ठान तथा आयोजनाको स्वः अनुगमन प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ ।


क्लिकमान्डु