उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी



काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

शुक्रबार संघीय संसद् भवनमा भएको मतदानमा ३० हजार ३२८ मतभारसहित यादव विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले संघका १०४ र प्रदेशसभातर्फ १६९ सांसदको मत पाइन् । उनले १६ हजार ३२८ मतभार पाइन् ।


क्लिकमान्डु