बीमा कम्पनीमा रोजगारीको अवसर



काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पदमा रोजगारीका लागि आवेदन खुला गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै कम्पनीले प्रशासन, व्यवसायकतर्फ नवौं तहका लागि १/१ जना, प्रशासन सहव्यवस्थापकतर्फ ८ औं तहका लागि १ जना, प्रशासन सह व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्ट) महिला १ जना, प्रशासन नायब व्यवस्थापकमा खुलातर्फ १ र दलिततर्फ १ जना, प्रशासन नायव व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्ट)मा १ जना महिलाका लागि आवेदन माग गरिएको हो ।

त्यस्तै प्रशासनतर्फ कानुन अधिकृतमा १ जना महिला, प्रशासनतर्फ सूचना प्रविधि अधिकृत पदमा महिलातर्फ १ जना, प्रशासन सहायक व्यवस्थापकतर्फ खुला ५, महिला २, आदिवासी जनजादी २ र पिछडिएको क्षेत्रतर्फबाट १ जना, प्रशासन सहायक ‘क’तर्फ खुला १ जना र प्रशासन सहायक ‘ख’तर्फ खुल्ला ३, महिला १, मधेशी १ र दलित १ जनाका लागि आवेदन माग गरेको हो।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिडेटले कार्य सम्पादन मूल्याकन बुढुवामार्फत् १५ जनाको पदपूर्ती गरिने सूचनामा जनाइएको छ । सँगै आन्तरिक प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा ८ जनाको पदपूर्ति हुने पनि कम्पनीले जनाएको छ ।


क्लिकमान्डु