सुनको मूल्य प्रतितोला १ लाख ७ हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य निरन्तर बढेर शुक्रबार प्रतितोला १ लाख ७ हजार रुपैयाँ नाघेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएकोमा शुक्रबार १३ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु