यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईमाथि ९ रनको जित निकालेको हो ।

खराब मौसमका कारण डक वर्थ लुइस मेथडका आधारमा निर्णय लिइएको हो । डीएलका आधारमा ४४ औं ओभरमा २६० रनको लक्ष्य पूरा गर्नुपर्नेमा नेपालले २६९ रन बनाएकाले विजेता घोषणा भएको हो ।

बिहीबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हात पार्दै विश्वकप छनोटमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।


क्लिकमान्डु