मनाङमा ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजना बन्ने



काठमाडौं । मनाङको नासो गाउँपालिकाको दाना खोलामा ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजना बन्ने भएको छ ।

लालुपाते हाइड्रोपावर कम्पनीले उक्त जलविद्युत आयोजना निर्माणका लागि अनुमतिपत्रको लागि दरखास्त दिएको विद्युत विकास विभागले जनाएको छ ।

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारमा बन्ने यो आयोजनाको जडित क्षमता ४९.९५ मेगावाट रहने छ । डिजाइन बहाव ६.०३ घनमिटर प्रतिसेकेन्ड र समग्रगत हेड ९९६.५ मीटर रहने यो आयोजनाबाट वार्षिक सरदर ३०२.२७ गिगावाट घण्टा विद्यूतीय उर्जा उत्पादन हुने जनाइएको छ ।

विद्युत उत्पादनका लागि दाना खोलाको पानी फर्काइने भएकाले यसका लागि बनाउने बाँधको कुल लम्बाइ १६.११ मिटर र उचाई ५ मिटर रहने छ । त्यस्तै, आयोजनाको विद्युत भण्डराण गर्ने विद्युत गृहमा ३ वटा १८ हजार किलोवाटका टर्वाइन रहनेछन् ।


क्लिकमान्डु