पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालन गर्न परेन ठेक्का, पुन: बोलपत्र आह्वान



default

काठमाडौं । पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालन गर्नका लागि आह्वान गरिएको बोलपत्रमा कुनै पनि ठेक्का नपरेपछि पुनः ठेक्का आह्वान गरिएको छ ।

माघ २५ गते पहिलो पटक नेपाल नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आह्वान गर्दै सूचना प्रकाशित गर्दा निर्धारित समयमा कुनै पनि बोलपत्र प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।

विमानस्थल परिसरमा रहेको ६३४३ वर्गमिटर क्षेत्रफलमा ह्यांगर भवनमा वायुयान मर्मत सेवा सञ्चालनका लागि ठेक्का आह्वान गर्दा कुनै पनि बोलपत्र प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।

यसअघि तोकिएको समयमा कुनै पनि बोलपत्र प्राप्त नभएपछि प्राधिकरणले पुनः फाल्गुन ३० मा सूचना प्रकाशित गर्दै बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले मंगलबार सू्चना प्रकाशित गर्दै १५ दिनभित्रमा बोलपत्र पेस गर्न आह्वान गरेको छ ।


क्लिकमान्डु