एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद गरी ८.९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको निर्णय नेपाल बिमा प्राधिकरणबाट स्वीकृत तथा कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । हाल २ अर्ब ९० करोड चुक्ता पुँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले त्यसअघि २०७७/७८ को नाफाबाट १५.२६ र २०७६/७७ को नाफाबाट २७ प्रतिशत लाभांश बाँडेको थियो ।


क्लिकमान्डु