सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु, को-को बने सञ्चालक ?




काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनी गाभिई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोवार आजैदेखि सुरु भएको हो । यस्तै सोमबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३-३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ ।

सञ्चालकमा साबिक सगरमाथा इन्स्योरेन्सको तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलका), सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह), गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) तर्फ रहेका छन् । यस्तै साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह), अरुण राज श्रेष्ठ, (संस्थापक समूह) र कमल भटृराई, (सर्बसाधारण समूह) सहित ६ जना सञ्चालक रहेका छन् ।

बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।


क्लिकमान्डु