एकै महिनामा १ अर्ब ३२ करोड रुपैयाँको ९ हजार ८ सय बिमा पोलिसी सरेन्डर



काठमाडौं । माघमा १८ जीवन बिमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँबराबरको ९ हजार ८३९ बिमा पोलिसी सरेन्डर भएको छ । बिमा प्राधिकरणका अनुसार माघमा मात्रै ९ हजार ८३९ जना बिमितले पोलिसी त्यागेका हुन् ।

बिमा पोलिसी त्याग्नेको संख्या पुसको तुलनामा ५१ प्रतिशतले धेरै हो । पुसमा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँको ६ हजार ७८२ पोलिसी सरेन्डर भएको थियो ।

प्राधिकरणका अनुसार माघमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका बिमितले पोलिसी त्यागेका छन् । इन्स्योरेन्सका २ हजार ७१९ बिमितले ३८ करोड ३ लाख ६१ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

माघमा राष्ट्रिय बिमा संस्थानका १ हजार ६६२ बिमितले १० करोड ८६ लाख ६५ हजार रुपैयाँ पोलिसी सरेन्डर गरेका छन् । यस्तै नेसनल लाइफ इन्स्योरेन्सका ८०२ बिमितले १४ करोड ७३ लाख ५९ हजार रुपैयाँको पोलिसी त्यागेको प्राधिकरणले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका १ हजार ५८५ बिमितले ३० करोड ४६ लाख २९ हजार, मेट लाइफका ३५४ बिमितले ३ करोड १७ लाख ८३ हजार, एसियन लाइफका १ हजार ४९३ बिमितले २१ करोड ३२ लाख ३५ हजार, गुँरास लाइफका १९६ बिमितले १ करोड ९४ लाख १३ हजार र प्राइम लाइफका ४०२ बिमितले २ करोड २६ लाख ९४ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार आइएमई लाइफका ६६ बिमितले ५६ लाख ३६ हजार, युनियन लाइफका ७६ बिमितले २ करोड ३२ लाख ४० हजार, सन नेपाल लाइफका ४४ बिमितले १ करोड २ लाख ४० हजार रुपैयाँ, रिलायन्स लाइफका ६५ बिमितले ९९ लाख ४२ हजार, रिलायबल लाइफका १३९ बिमितले ७० लाख ४ हजार र सिटिजन लाइफका ७८ बिमितले ६५ लाख ७८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

यस्तै सानिमा लाइफका २८ बिमितले ४५ लाख ८३ हजार, प्रभु लाइफका ३० बिमितले ६२ लाख ६६ हजार, महालक्ष्मी लाइफका ३९ बिमितले ५० लाख २४ हजार र सूर्यज्योति लाइफका ६१ बिमितले २ करोड ११ लाख १० हजार रुपैयाँको बिमा पोलिसी त्यागेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु