एनएलजी इन्स्योरेन्सको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । एनएलजी इन्स्योरेन्सले चैत २० गतेका लागि १७औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभाका लागि भन्दै चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

सभा चैत २० गते आम्रपाली ब्यांक्वेट बालुवाटारमा हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्ने छ ।


क्लिकमान्डु