सानिमा लाइफका यी हुन् ठूला १४ सेयरधनी




काठमाडौं । सानिम लाइफ इन्स्योरेन्समा विभिन्न १४ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी हिस्सा सानिमा बैंकको २० प्रतिशत अर्थात २८ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै जीवनाथ लामिछानेको १६.३२ प्रतिशत अर्थात २२ लाख ८५ हजार कित्ता, धनश्याम थापाको ९.२६ प्रतिशत अर्थात १२ लाख ९७ हजार, अरुण कुमार ओझाको ८.६८ प्रतिशत अर्थात १२ लाख १५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म बिनय कुमार श्रेष्ठको ८.६१ प्रतिशत अर्थात १२ लाख ५ हजार कित्ता, टेकराज निरौलाको ६.३६ प्रतिशत अर्थात ८ लाख ९० हजार कित्ता, शम्बा लामाको ५ प्रतिशत अर्थात ७ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै खेमराज लामिछानेको ४.९३ प्रतिशत अर्थात ६ लाख ९० हजार, सोनाम ग्यात्सोको ४.२९ प्रतिशत अर्थात ६ लाख, प्रभा गोयन्काको ४ प्रतिशत अर्थात ५ लाख ६० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्समा हरेन्द्र प्रसाद जैसवालको १.४३ प्रतिशत अर्थात २ लाख कित्ता, दिपक कुमार खड्काको १.४१ प्रतिशत अर्थात १ लाख ९८ हजार कित्ता, रिसी प्रसाद रिजालको १.२५ प्रतिशत अर्थात १ लाख ७५ हजार कित्ता र राम कृष्ण शाहको १.०७ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु